+
+

टी-२० विश्वकपको मोस्ट भ्यालुएल टिममा अष्ट्रेलियाका ३ खेलाडी, बाबर कप्तान

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १५:३६

काठमाडौं । आइतबार सकिएको सातौं संस्करणको आईसीसी टी-२० विश्वकपको मोस्ट भ्यालुएबल टिम सार्वजनिक भएको छ ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आइसीसी) सोमबार सार्वजनिक गरेको भ्यालुएबल टिममा ६ राष्ट्रका खेलाडी समावेश छन् ।

पाकिस्तानका कप्तान बाबर अजाम कप्तानको रुपमा छन् । पाकिस्तानलाई सेमिफाइनसम्म पुर्‍याउन नेतृत्व गरेका बारबले सर्वाधिक ३०३ रन बनाएका थिए ।

च्याम्पियन टिम अष्ट्रेलियाका सर्वाधिक ३ खेलाडी अटाएका छन् । जसमा अष्ट्रेलियाबाट डेभिड वार्नर, एडम जाम्पा र जोस हेजलउड छन् । २८९ रन बनाएका वार्नर विश्वकपको मोस्ट भ्यालुएबल प्लेअर समेच चुनिएका थिए । यस्तै जाम्पाले १३ र हेजलउडले ११ विकेट लिए ।

इंग्ल्याण्डका जोस बटलर र मोइल अनी समावेश छन् । यस्तै उपविजेता न्युजिल्याण्डबाट ट्रेन्ट बोल्ड मात्र भ्यालुएबल टिममा अटाउँदा दक्षिण अफ्रिकाबाट अइडेन मारक्रम र एनरिक नोर्किया तथा श्रीलंकाबाट चरिथ असालांका र सर्वाधिक १६ विकेट लिएका वानिन्दु हसरंगा छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?