+
+

नेपाल एयरलाइन्सका महाप्रवन्धक पौडेल मन्त्रालय तानिए

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १६:१७

२९ कात्तिक, काठमाडौं । नेपाल एयरलाइन्सका महाप्रवन्धक डिम प्रसाद पौडेल पर्यटन मन्त्रालय तानिएका छन् । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले पौडेललाई मन्त्रालयमा वित्त विज्ञको रुपमा पदस्थापन गरेका छन् । पौडेल चार्टर्ड एकाउन्टेन्ट हुन् । मन्त्रालयले पठाएको पत्र आइतबार प्राप्त भएको पौडेलले बताए । साथै, उनी सोमबार मन्त्रालय गई जिम्मेवारी समेत सम्हालेका छन् ।

मन्त्रालयमा तानिए पनि उनी नेपाल एयरलाइन्समा सञ्चालक समिति सदस्यको हैसियतमा भने रही रहनेछन् । मन्त्रिपरिषदबाट नियुक्त भएका कारण सञ्चालक समिति सदस्यको अधिकार भने उनीसँग रहन्छ । गत कात्तिक ८ मा सरकारले नेपाल एयरलाइन्सको कार्यकारी अध्यक्ष पदमा युवराज अधिकारीलाई नियुक्त गरेसँगै पौडेल अधिकारबिहीन बनेका थिए । उनको नियुक्त एक वर्ष अगाडि मात्र भएको हो ।

उनी चार वर्षे कार्यकालका लागि नियुक्त भएका हुन् । पौडेलले नेपाल एयरलाइन्सलाई कम्पनी मोडलमा रुपान्तरण गर्ने प्रक्रिया शुरु गरेपछि उनलाई कर्मचारीले कार्यालय प्रवेशमै रोक लगाएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?