+
+

नबिल बैंक, राष्ट्रिय युवा परिषद् र तिला गाउँपालिकाबीच समझदारी

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक २९ गते १८:३७

काठमाडौं । युवा उद्यमशिलता र स्वरोजगार प्रवर्द्धन गरी युवालाई आत्मनिर्भर बनाउँदै समृद्धि तर्फ अग्रसर गराउने उदेश्यका साथ राष्ट्रिय युवा परिषद्, तिला गाउँपालिका जुम्ला र नबिल बैंकबीच त्रिपक्षीय समझदारी भएको छ ।

राष्ट्रिय युवा परिषद्को कार्यालय भक्तपुरमा राष्ट्रिय युवा परिषद्का प्रशासकीय प्रमुख डा. बाबुराम ढुंगाना, तिला गाउँपालिकाका अध्यक्ष रतन नाथ योगी र नबिल बैंकको तर्फबाट नबिल दिगो बैंकिङका प्रबन्धक लिला प्रसाद ओझाले समझदारी पत्रमा हस्ताक्षर गरेका छन् ।

त्रिपक्षीय समझदारीसँगै जुम्लाको तिला गाउँपालिकाका स्थानीय युवाहरुलाई उद्यमशीलता बनाउन र वित्तीय साक्षरताको आधारभूत परामर्श, तालिम प्रदान गरी उद्यमका लागि सक्षम बनाउन सघाउने विश्वास बैंकले लिएको छ । सम्झौता अनुसार युवा उद्यम प्रवर्दधन तथा रोजगारी सिर्जनामार्फत दिगो आर्थिक विकासमा योगदान गर्ने लक्ष्य लिएको बैंकको भनाइ छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?