+
+

सुर्खेतमा बन्द गराउँदै हिँडेका २ जना पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते ११:२९

३० कात्तिक, सुर्खेत । सुर्खेतमा बन्द गराउँदै हिँडेका दुई जना पक्राउ परेका छन् ।

वीरेन्द्रनगर बजार बन्द गराउँदै हिँडेका दुईजना विप्लवका कार्यकर्तालाई प्रहरीले नियन्त्रणमा लिएको हो ।

जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता प्रहरी उपरीक्षक (डीएसपी) रामप्रसाद घर्तीले कालीकोटको सान्नी त्रिवेणीका ३० वर्षीय तुलाराज तिरूवा र वीरेन्द्रनगर-२ का २० वर्षीय दिनेश बोगटीलाई नियन्त्रणमा लिएको जानकारी दिए ।

उनीहरूलाई धुलियाबिटबाट नियन्त्रणमा लिएएको प्रहरीले जनाएको छ ।

आज नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपाले पेट्रोलिय पदार्थमा गरिएको मूल्यवृद्धिको विरोध गर्दै नेपाल बन्द आह्वान गरेको छ ।

सुर्खेतमा बन्दको प्रभावले यात्रुले सास्ती भोगेका छन् । प्रदेश राजधानी वीरेन्द्रनगर विहानै सुनसान छ । मुख्यबजार क्षेत्रका पसल, बैंक तथा वित्तीय संस्थाहरूसमेत बन्द छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?