+
+

जनगणनामा मनपरी प्रश्‍न सोधेको भन्दै आदिवासी जनजातिको आपत्ति, सच्‍याउन आग्रह

जात/जाति, पूर्खाको भाषा, मातृभाषा, दोश्रो भाषा, धर्मसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरू, धर्म र भाषाको उत्तरहरू गणकहरू आफैले भरिदिएको जानकारी आएकोले आपत्ति जनाउँदै  आदिवासी जनजाति संगठनले महानिर्देशकलाई त्‍यसो नगर्न निर्देशन दिन आग्रह गरेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १२:४७

३० कात्तिक, काठमाडौं। १२औ जनगणना गर्ने क्रममा गणकहरूले प्रश्नावली मनपरी सोधेको भन्दै आदिवासी जनजाति संगठनहरूले आपत्ति जनाएका छन् ।

मंगलबार विहान १०:३० बजे तथ्‍याङ्क विभागको कार्यालयमा आदिवासीजन्य संगठनहरूले ध्यानाकर्षण गराउँदै आपत्ति जनाएका हुन् ।

विभागको महानिर्देशक नेबिनलाल श्रेष्ठ र उपमहानिर्देशक हेमराज रेग्मीलाई आदिवासी जनजाति महासंघ तथा लिम्बू, तामाङ, नेवार, मगर, गुरूङ, शेर्पा, थामीलगायतका अध्यक्ष तथा पदाधिकारीहरूले गणना भइरहेको त्रुटि र असंवेदनशीलताबारे पाँचौ दिनमा ध्यानाकर्षण गराएका हुन् ।

उनीहरुले गणना भइरहेको समयमा विभिन्न तवरले खबरदारी र सहयोग गरिरहँदा पनि तथ्यांक विभाग र यसका संयन्त्रहरूले प्रश्नावलीमा हेलचेक्र्याइँ गरेकाले   सच्याउन आग्रह गरेका छन् ।

जात/जाति, पूर्खाको भाषा, मातृभाषा, दोश्रो भाषा र धर्मसँग सम्बन्धित महत्त्वपूर्ण प्रश्नहरूको उत्तरहरू गणकहरू आफैले भरिदिएको जानकारी आएकोले आपत्ति जनाउँदै आदिवासी जनजाति संगठनले महानिर्देशकलाई त्‍यसो नगर्न निर्देशन दिन आग्रह गरेका छन्।

यता, महानिर्देशक नेबिनलाल श्रेष्ठले भने गणकले मनपरी र व्यक्तिगत प्रश्न सोध्न नमिल्ने भन्दै उनीहरूले त्यसो गरे कार्बाही हुने बताए । तालिमका क्रममा गणकहरूलाई के-के सोध्न मिल्ने र के-के नमिल्ने भनेर तालिम दिइएको उनले प्रष्ट पारे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?