+
+

ट्वीटर फलोअर्सले भनेपछि एलन मस्कले बेचे ५ अर्ब डलरको शेयर

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १४:०१

३० कात्तिक, काठमाडौं । विद्युतीय कार निर्माता कम्पनी टेस्लाका सिइओ एलन मस्कले टेस्ला कम्पनीमा आफ्नो नाउँमा रहेको करीब ५ अर्ब डलर मूल्यको शेयर बिक्रि गरेका छन् ।

ट्वीटरमा रहेका आफ्ना ६ करोड ३० लाख फलोअर्सलाई टेस्लाको १० प्रतिशत शेयर बेच्ने कि नबेच्ने भनेर सोधनी गरेको केही दिनपछि नै मस्कले शेयर बिक्री गरेका हुन् ।

उनले ट्वीटरमा गरेको मत सर्भेक्षणको नतिजामा शेयर बिक्रि गर्ने पक्षमा बहुमत आएको थियो । उनको ट्वीटर पोलमा झण्डै ३५ लाखले मत प्रकट गरेकोमा ५७।९ प्रतिशतले शेयर बेच्नुपर्ने बताएका थिए भने ४२.१ प्रतिशतले शेयर बिक्रि गर्न नहुने पक्षमा मत प्रकट गरे । तर त्यस्तो नतिजा आएको दुई दिनमै टेस्लाको शेयर १६ प्रतिशतले घटेको थियो ।

विश्वको सबैभन्दा मूल्यवान कार निर्माता कम्पनी टेस्लाको बजार मूल्य १ ट्रिलियन डलर भन्दा धेरै छ । मत सर्भेक्षणबाट टेस्लाको शेयर बेच्न सुझाव प्राप्त भएसँगै मस्कले सुरुमै झण्डै ४ अर्ब बराबरको टेस्लाको ३६ लाख कित्ता शेयर बिक्रि गरे । त्यस्तै उनले पछि थप ९ लाख ३४ हजार कित्ता शेयर १ अर्ब १० करोड डलरमा बिक्री गरेका छन् ।

टेस्ला कम्पनीमा रहेको उनको विशेष अधिकार अन्तरगत पछिल्ले ९ लाख ३४ हजार कित्ता शेयर बिक्रि गरेर उनले झण्डै २२ लाख कित्ता शेयर प्राप्त गरे ।

मस्कले ट्वीटर मत सर्भेक्षणका आधारमा टेस्लाको अर्बौँको शेयर बेचेको बताइएपनि शेयर बिक्रि गर्ने उनको योजना सेप्टेम्बरकै रहेको अमेरिकी स्कट नियामक निकायमा उनले पेश गरेको कागजातबाट देखिन्छ । त्यसमा उनले टेस्लामा रहेको आफ्नो करीब २० प्रतिशत शेयर बिक्रि गर्ने योजना पेश गरेका छन् ।

टेस्ला कम्पनी यसअघि एलन मस्कको शेयर हिस्सा २३ प्रतिशत रहेकोमा पछिल्लो पटक उनले बिक्रि गरेको शेयर ३ प्रतिशत हुन आउँदछ ।

एलन मस्कले सन् २०१६ पछि पहिलोपटक टेस्लाको शेयर बिक्रि गरेका हुन् । त्यसबेला पनि उनले झण्डै ६० करोड डलर आयकर तिर्न भन्दै टेस्ला कम्पनीमा रहेको आफ्नो शेयरको केही हिस्सा बेचेका थिए ।

विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कको सम्पत्ति हाल २ खर्ब ८० वर्ष रहेको छ । केही हप्ता अघि उनको सम्पत्ति ३ खर्ब डलर नाघेको थियो र उनी ३ खर्ब डलर सम्पत्ति हुने विश्वकै पहिलो व्यक्ति बनेका थिए ।

एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?