+
+

भक्तपुरका किसानलाई गहुँ र आलुको बिउ वितरण

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १४:४४

३० कात्तिक, काठमाडौं । भक्तपुर नगरपालिकाले किसानलाई उन्नत जातको गहुँ र आलुको बिउ वितरण गरेको छ ।

मंगलबार भक्तपुर नगरपालिकाका प्रमुख सुनिल प्रजपातिले वडा नम्बर १ का किसानहरुलाई प्राथमिकताका आधारमा १ पाथी गहुँ र ५ केजी आलुको बिउ वितरण गरेका हुन् । सो क्रममा नगरप्रमुख प्रजापतिले गहुँ बालीका लागि रासायनिक मलको अभाव हुन नदिने बताएका थिए ।

उत्पादकत्व बढाउन र किसानलाई प्रोत्साहित गर्ने उदेश्यले नगरपालिकाले उन्नत जातका बिउ बिजनको वितरण गर्दै आइरहेको उनले बताए ।

कार्यक्रममा वडा नम्बर १ का वडाध्यक्ष श्यामकृष्ण खत्रीले स्थानीय किसानहरुको उत्पादकत्व बढाउन नगरपालिकाले हरेक वर्ष उन्नत जातको बिउ विजन वितरण गर्दै आइरहेको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?