+
+

कर्णाली सरकारमा एकीकृत समाजवादी सहभागी, शाही बने मन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते १७:५५

३० कात्तिक, सुर्खेत । कर्णालीमा नेकपा एकीकृत समाजवादी सरकारमा सहभागी भएको छ । यस दलका संसदीय दलका नेता चन्द्रबहादुर शाही मंगलबार आन्तरिक मामिला तथा कानुनमन्त्री नियुक्त भएका छन् ।

उनलाई मुख्यमन्त्री जीवनबहादुर शाहीले नियुक्ति र शपथ ग्रहणका लागि प्रदेश प्रमुखको कार्यालयमा सिफारिस गरेका हुन् ।

नवनियुक्त मन्त्री शाहीले मंगलबार नै शपथ लिने तयारी रहेको मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयका सचिव आनन्द सारुले जानकारी दिए ।

मुख्यमन्त्री शाहीले झण्डै दुई सातापछि मन्त्रिपरिषद विस्तार गरेका हुन् । तर आफ्नै दल नेपाली कांग्रेस, अर्को सत्ता सहयात्री  नेकपा माओवादी केन्द्रबाट मन्त्री छनोट गर्न सकेका छैनन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?