+
+

‘मेरो भ्वाइस कप यूएसए’ र ‘मेरो डान्स कप यूएसए’को घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ कात्तिक ३० गते २१:३४

अमेरिका र क्यानडामा रहेका नेपालीभाषीहरुलाई लक्षित गर्दै दुई रियालिटी शोको घोषणा मंगलबार गरिएको छ । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’ र ‘मेरो डान्स कप यूएसए–४’को घोषणा काठमाडौंमा पत्रकार सम्मेलन गरी गरिएको हो ।

यो दुवै रियालिटी शोलाई इन्ट्रा नेशनल वेल्फेर एन्ड सपोर्ट फाउन्डेसन अफ अमेरिकाले गर्न लागेको हो । फाउन्डेसनका अध्यक्ष डिल्ली अधिकारीले जनवरीबाट सो शुरु गर्ने जानकारी दिए । ‘मेरो भ्वाइस कप अमेरिका यूएसए–२’को प्रस्तावित निर्णायकमा गायक प्रमोद खरेल छन् । यस्तै, ‘मेरो डान्स कप यूएसए ४’को निर्णायकमा भने अभिनेता दिलीप रायमाझी, नृत्य निर्देशक शंकर बीसी, अभिनेत्री केकी अधिकारी र नरमान राई रहेका छन् ।

कार्यक्रममा बोल्दै फाउन्डेसन अध्यक्ष अधिकारीले नेपाली भाषा र संस्कृति संरक्षण र प्रवर्द्धन गर्दैै रियालिटी शो मार्फत अमेरिका र क्यानडामा रहेका नेपालीभाषीमा नेपाली भाषा, संस्कृतिप्रति जागरुकता ल्याउनु रहेको पनि बताए ।

अमेरिकामा अत्यन्त व्यस्त जीवन बिताइरहँदा पनि आफूहरुले कहिल्यै पनि नेपाली परम्परा, भाषा, रीतिथिति नछाडेको बताए । यही सोचका कारण दुई रियालिटी शो शुरु गरिएको अधिकारीको भनाइ थियो ।

अधिकारीले ‘मेरो भ्वाइस कप २’को उद्घाटन नोभेम्बर २७ तारिखमा बेलडाँगीमा गर्ने बताए । यो फाउन्डेसनले नेपालमा रहेका ज्येष्ठ भुटानी शरणार्थीलाई मासिक ५ हजार भत्ता समेत उपलब्ध गराउँदै आएको छ ।

कार्यक्रममा बोल्दै नायिका केकी अधिकारीले अमेरिकामा पनि नेपालीभाषीलाई लक्षित गरेर यति ठूलो रियालिटी शो आयोजना हुन लागेको भन्दै खुशी व्यक्त गरिन् ।

कार्यक्रम आयोजना हुनु अगाडि त्रिभुवन विमानस्थलमा अमेरिकाबाट आएका कलाकार तथा आयोजकको टिमलाई भव्य स्वागत गरिएको थियो । नायक दिलीप रायमाझी, रमित ढुंगाना, नृत्य निर्देशक शंकर बीसी लगायतलाई भव्य स्वागत गर्दै कार्यक्रम आयोजनास्थलसम्म पुर्‍याइएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?