+
+

सार्वजनिक बिदाको आलोचना भएपछि रामगोपालपुरका मेयरले भने– शैक्षिक संस्था मात्रै बन्द हुन्छ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते ११:००

१ मंसिर, जनकपुरधाम । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ आउने भएपछि सार्वजनिक विदा घोषणा गरेको महोत्तरीको रामगोपालपुर नगरपालिकाले आफ्नो निर्णय सच्याएको छ ।

यसअघि सार्वजनिक विदा दिने निर्णय गरेको नगरपालिकाले फेरि अर्को सूचना निकालेर शैक्षिक संस्थामात्र विदा हुने जानकारी गराएको छ ।

माओवादी अध्यक्ष प्रचण्ड बुधबार महोत्तरी जाँदैछन् । प्रचण्ड आउने भएपछि नगरपालिकाका मेयर अशोक कुमार मण्डल र प्रमुख प्रशासकीय अधिकृत धिरेन्द्र लाल कर्णले मंगलबार संयुक्त रुपमा सूचना जारी गर्दै बुधबार नगरपालिकामा विदा रहने जनाएका थिए ।

तर, यो विदाको आलोचना भएपछि मेयर मण्डलले भुलबस सार्वजनिक विदा लेखिन गएको भन्दै अर्काे सूचना प्रकाशित गरेका छन् । उनले दाजुभाइको दीर्घायु तथा समृद्धिको लागि दिदीबहिनीहरुबाट गरिने सामाचकेवा पर्वको अवसरमा मंसिर १ र २ गते नगरपालिका भित्रका सबै शैक्षिक संस्थाहरुमा मात्रै विदा रहने सूचनामा उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?