+
+

निर्माण व्यवसायी संघका अध्यक्ष बने काँग्रेस धनगढी उपमहानगरको सभापति

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १२:१७

१ मंसिर, धनगढी । नेपाली काँग्रेस धनगढी उपमहानगरपालिकाको सभापतिमा यज्ञराज उपाध्याय सर्वसम्मत चयन भएका छन् ।

निर्माण व्यवसायी संघ कैलालीका अध्यक्ष समेत रहेका उपाध्याय नगर सभापतिमा सर्वसम्मत भएको प्रचारप्रसार समितिका संयोजक नृपबहादुर सुनारले जानकारी दिए ।

बुधबार बिहान साढे ११ बजेसम्म उम्मेदवारहरुलाई मनोनयन दर्ता गर्ने समय दिइएकोमा सभापतिमा अन्यको उम्मेदवारी नपरेपछि उपाध्याय नै सर्वसम्मत भएको सुनारले बताए ।

उपाध्याय यसअघि नगर कमिटिको सचिवका रुपमा काम गर्दै आएका थिए । उपाध्याय नेपाल विद्यार्थी संघबाट काँग्रेसको राजनीतिमा प्रवेश गरेका थिए ।

सभापतिमा सर्वसम्मत भएपनि अन्य पदका लागि भने मतदान हुने बताइएको छ । यद्यपी उम्मेदवारहरुबीच सर्वसम्मतीको प्रयास पनि जारी रहेको काँग्रेसले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?