+
+

माल्दिभ्समा विन्दास पूजा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १२:५०

१ मंसिर, काठमाडौं । बलिउड नायिकाहरुका लागि माल्दिभ्स होलिडे मनाउने प्रिय गन्तव्य मानिन्छ । माल्दिभ्समा पुगेर उनीहरु विन्दास शैलीमा दिन बिताउँछन् । यसैले बलिउडका नायिकाहरुको माल्दिभ्स यात्रा सधैं नै ‘टक अफ द टाउन’ बन्ने गर्दछ ।

साउथ तथा बलिउड चलचित्रकी सुन्दरी पूजा हेग्डे अहिले माल्दिभ्समा छिन् । छुट्टी मनाउनका लागि माल्दिभ्स पुगेकी पूजाको सुन्दरताको चर्चा सामाजिक सञ्जालमा भइरहेको छ । पूजाले माल्दिभ्समा खिचेका विन्दास शैलीका तस्वीर सामाजिक सञ्जालमा शेयर गरिरहेकी छन् ।

चलचित्रको पर्दामा पूजा साधारण पहिरनमा बढी देखिन्छिन् । पारिवारिक चलचित्रमा बढी देखिएकी पूजाको माल्दिभ्स यात्रा भने हट देखिएको छ ।

पूजाले चलचित्र ‘राधे श्याम’को छायांकन सकाएकी छिन् । साउथ स्टार प्रभाससँग उनी यो चलचित्रमा देखिँदैछिन् । पूजा साउथकी सर्वाधिक रुचाइएकी नायिका हुन् । उनको बलिउडमा पनि सुखद यात्रा शुरु भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment