+
+

वायु प्रदूषणका कारण दिल्लीका विद्यालय अनिश्चितकालसम्‍म बन्द

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १५:०१

१ मंसिर, काठमाडौं । वायु प्रदूषण खतरनाक अवस्थामा पुगेपछि दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको छ ।

वायु प्रदूषण खतरनाक अवस्थामा पुगेपछि दिल्लीका विद्यालय अनिश्चितकालका लागि बन्द गरिएको भारतीय सञ्‍चारमाध्‍यमले उल्लेख गरेका छन् ।

त्यस्तै मानिसहरूलाई घरबाटै काम गर्न भनिएको छ भने अत्यावश्यक सामान बोक्ने ट्रकबाहेक अन्य मालबाहक ट्रकलाई राजधानी प्रवेशमा बन्देज लगाइएको छ ।

झण्डै २ करोड मानिस बस्ने दिल्ली विश्वमै सबैभन्दा प्रदूषित शहरमा पर्छ। हिउँदमा प्राय: बाक्लो धुँवा र धूलोले ढाकिने दिल्लीमा यस पटक वायु प्रदूषण निकै घातक बन्न पुगेको छ।

वायु प्रदूषण बढ्दै गएपछि दिल्‍ली सरकारले शनिबार सबै विद्यालय १ हप्ता बन्द गर्न र ४ दिन निर्माण कार्य रोक्न आदेश गरेको थियो ।

तर दिल्लीको वायु गुणस्तर व्यवस्थापन आयोगले मंगलबार अबेर पारित गरेको आदेशमा अर्को सूचना जारी नभइन्जेलसम्मका लागि सबै शैक्षिक संस्था बन्द गर्न भनिएको छ ।

त्यस्तै, नयाँ दिल्ली वरपरका कोइलाबाट चल्ने पावर प्लान्ट समेत अस्थायी रुपमा बन्द गरिएको छ । यसबाहेक, सरकारी कार्यालयका ५० प्रतिशत कर्मचारीलाई नोभेम्बर २१ सम्म घरमै बसेर काम गर्न र निजी क्षैत्रका कर्मचारीलाई समेत सोही अनुसार काम गर्न भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?