+
+

अक्षय कुमारले भावुक हुँदै लेखे- आज आमाको याद धेरै आइरहेछ

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १५:०९

१ मंसिर, काठमाडौं । बलिउड सुपरस्टार अक्षय कुमार फिल्मका साथै सामाजिक सञ्जालमा पनि उत्तिकै सक्रिय हुन्छन् । आफ्ना प्रशंसकहरुको मन जित्नका लागि उनले कुनै कसुर बाँकी राख्दैनन् ।

उनले हालै आफ्नो अफिसियल इन्टाग्राम ह्याण्डलमा एक भिडियो शेयर गरेका छन्, जसमा उनी लामो खुल्ला कपालमा देखिएका छन् । उनले आँखामा चश्मा पनि लगाएका छन् । यस भिडियोको पृष्ठभूमिमा देवी मन्त्र बजिरहेको पनि सुन्न सकिन्छ ।

यो भिडियो शेयर गर्दै अक्षय कुमारले इन्टाग्राममा लेखेका छन्, ‘आज आमाको बहुत याद आइरहेछ ।’

 

View this post on Instagram

 

A post shared by Akshay Kumar (@akshaykumar)

अक्षय कुमारकी आमा अरुणा भाटियाको गत सेप्टेम्बर ८ मा भएको थियो । आमाको निधनपछि उनी केही विक्षिप्त बनेका थिए । अक्षय कुमारकी आमा अहिले बक्स अफिसमा धमाका मच्याइरहेको फिल्म ‘सूर्यवंशी’को निर्मातामध्ये एक थिइन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?