+
+

नेप्से २८ सय नाघ्यो, कुन–कुन कम्पनीले कमाए धेरै ?

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १५:४२

१ मंसिर, काठमाडौं । मंसिर महिनाको पहिलो दिन शेयर बजार बढेर बन्द भएको छ । दिनभर देखिएको तीब्र उचार चढाव पछि नेप्से परिसूचक १६ दशमलव ९५ अंकले बढेर १ हजार ८ सय १ दशमलव ५२ अंकमा पुगेको छ ।

कारोबार रकम पनि मंगलबारको तुलनामा बुधबार बढेको छ । दिनभर भएका ७७ हजार ५१८ कारोबारबाट १ करोड १९ लाख ४३ हजार ८५८ कित्ता शेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ७ अर्ब ३७ करोड ९४ लाख ४६ हजार ८२० रुपैयाँ पुगेको छ ।

सबैभन्दा धेरै कमाउनेमा आज पञ्चकन्या माई हाइड्रोपावर देखिएको छ । यो कम्पनीको शेयर मूल्य १० प्रतिशत अर्थात ३५ रुपैयाँ ३० पैसाले बढेर ३८८ रुपैयाँ ४० पैसामा पुगेको छ । दोस्रो धेरै कमाउनेमा माथिल्लो तामाकोशीको शेयर मूल्य पनि १० प्रतिशत नै अर्थात ६४ रुपैयाँ १० पैसाले बढेर ७)५ रुपैयाँ ४० पैसा पुगेको छ ।

यसैगरी नेपाल बंगलादेश बैंक र मैलुङ खोलाको शेयर मूल्य पनि करिब १० प्रतिशतले बढेको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment