+

ए डिभिजन लिगको मुख्य प्रायोजकमा कतार एअरवेजसँग सम्झौता नवीकरण

२०७८ मंसिर  १ गते १६:५१ २०७८ मंसिर १ गते १६:५१
ए डिभिजन लिगको मुख्य प्रायोजकमा कतार एअरवेजसँग सम्झौता नवीकरण

१ मंसिर, काठमाडौं । कतार एअरवेजले शहीद स्मारक ए डिभिजन लिगको मुख्य प्रायोजकको रुपमा अखिल नेपाल फुटबल संघ (एन्फासँग) सम्झौता नवीकरण गरेको छ ।

बुधबार एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पा र कतार एअरवेजका नेपाल र बंगलादेशका लागि कन्ट्री म्यानेजर मोहम्मद एल इमामले सम्झौता नवीकरणमा हस्ताक्षर गरे ।

यसअघि २०७६ मा भएको लिगको पनि मुख्य प्रायोजक कतार एअरवेज नै रहेको थियो । तर गत वर्ष भने कोरोना महामारीका कारण लिग सञ्चालन गरिएन ।

एन्फा अध्यक्ष शेर्पाले सम्झौता नवीकरण गर्न पाउँदा खुशी व्यक्त गरे । ‘कतार एअरवेजसंग सम्झौता नवीकरण गर्ने मौका पाएका छौं । यसबाट खुशी छौं’, शेर्पाले भने, ‘लिगलाई अझै बलियो बनाउन कतार फुटबलसंग कतार एअरवेजले स्पोन्सर गर्नुपर्छ भनेर भनेका थियौं । अब आउने दिनमा यो सम्झौतालाई बलियो बनाउने र रकम वृद्धि गर्नुपर्छ ।’

शेर्पाले अहिले एक वर्षका लागि मात्र सम्झौता नवीकरण भएको र कतार एयरेजले १ करोड ८० लाख रुपैयाँ दिने बताए । आगामी वर्षदेखि रकम बढ्ने उनले अपेक्षा गरे ।

कतार एअरवेजका कन्ट्री म्यानेजर मोहम्मद इमामले लिगको मुख्य प्रायोजक रहन पाएकामा खुशी लागेको बताए । ‘फुटबल विकास धेरै महत्वपूर्ण रहेको र यसले सबैलाई एकजुट गराउने बताए । मेरो मन पर्ने देश नेपालमा यो सम्झौता निरन्तर रहोस् भन्ने आशा छ’ उनले भने ।

ए डिभिजन लिगको यस सिजन मंसिर ३ गते सुरु हुँदैछ । उद्घाटन खेलमा फ्रेण्ड्स क्लब र नवप्रवेशी सातदोबाटो युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

ए डिभिजन लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय