+
+

हिमालयन शेर्पालाई नेपाल आइसको प्रायोजन

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १ गते १६:५८

१ मंसिर, काठमाडौं । ए डिभिजन क्लब हिमालयन शेर्पालाई नेपाल आइसले मुख्य प्रायोजन गरेको छ । हिमालयन शेर्पा र सिजी ब्रुअरीको नेपाल आइसबीच बुधबार यस सिजनको शहीद स्मारक ए डिभिजन लिगका लागि मुख्य प्रायोजनको सम्झौता भएको हो ।

हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्जु दोर्जे शेर्पा र सिजीका बिजनेस प्रमुख प्रदीप पुडासैनीले सम्झौता पत्रमा हस्ताक्षर गरे । एक वर्षको उक्त सम्झौताको रकम भने दुबै पक्षले खुलाएको छैन । शुक्रबार सुरु हुने लिगमा हिमालयन शेर्पाले पहिलो खेल शनिबार संकटासँग खेल्नेछ ।

यस्तै हिमालयन शेर्पाले केटीएम सिटीसंग किट्स प्रायोजन सम्झौता गरेको छ । हिमालयन शेर्पाका कार्यवाहक अध्यक्ष गोम्बु दोर्जे शेर्पा र केटीएम सिटीका सिईओ निमा शेर्पाले सम्झौता पत्रमा हस्ताक्षर गरे ।

सम्झौता अनुसार केटीएम सिटीले हिमालयन शेर्पालाई २५ लाख बराबरको खेलकुद सामग्री उपलब्ध गराउनेछ । अब शेर्पाले ए डिभिजन लिगमा केटीएम सिटीको जर्सी लगाएर खेल्नेछ ।

Results

२०८० माघ १८, बिहीबार
2 - 1
२०८० माघ १७, बुधबार
1 - 0
२०८० माघ १६, मंगलबार
1 - 0
२०८० माघ १५, सोमबार
1 - 1
२०८० माघ १४, आइतबार
0 - 3
२०८० माघ १३, शनिबार
0 - 2
२०८० माघ १२, शुक्रबार
2 - 0
२०८० माघ ११, बिहीबार
0 - 1
२०८० माघ १०, बुधबार
0 - 1
२०८० माघ ९, मंगलबार
1 - 2
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?