+
+
Shares

गोलाप्रथाको नाममा प्रधानन्यायाधीशलाई वैधता दिन खोजे सह्य हुन्न : पूर्णमान शाक्य

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १३:०७

२ मंसिर, काठमाडौं । सर्वोच्च अदालत बार एशोसिएसनका अध्यक्ष पूर्णमान शाक्यले गोला प्रथा वा कुनै नाममा प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबरालाई वैधता दिने प्रयास भए मान्य नहुने चेतावनी दिएका छन् ।

बिहीबार नेपाल बार परिसरमा आयोजित कार्यक्रममा उनले प्रधानन्यायाधीश जबरा डुब्दै गरेको घाम भन्दै उनलाई साथ दिनेहरु पनि डुब्ने दावी गरे ।

सर्वोच्च अदालतमा गोला प्रथाबाट पेशी तोकेर मुद्दाको सुनुवाइ गर्ने विषयमा न्यायाधीशहरुबीच छलफल भइरहेका बेला अन्दोलनरत कानुन व्यवसायीका तर्फबाट अध्यक्ष शाक्यले प्रधानन्यायाधीशलाई बल पुग्ने गरी कुनै कदम चालेमा स्वीकार्य नहुने बताए ।

‘तपाईंको प्रक्रियाबाट प्रधानन्यायाधीशलाई वैधता पुग्ने काम नहोस् । प्रधानन्यायाधीशले गोला लिने र सुनुवाइ गर्ने काम भए आपत्तिजनक हुनेछ’ शाक्यले भने, ‘गरिब जनताको नाममा सुनुवाइ गर्ने भनेर वैधता दिने प्रयास भए सह्य हुँदैन ।’

प्रधानन्यायाधीश जबराले अब पनि प्रधानन्ययााधीशको हैसियतले कुनै पनि मुद्दा हेर्न र प्रशासनिक काम गर्न खोजेमा प्रतिकार गर्ने उनले चेतावनी दिए ।

प्रधानन्यायाधीश डुब्ने बेलाको घाम हो भन्दै वरिष्ठ अधिवक्ता शाक्यले ढिलो छिटो उनी अदालतबाट बाहिरिने बताए । ‘आज हो कि भोलि हो, एक दिन अवश्य जानुहुन्छ । यो समयको कुरा मात्र हो, अब उहाँ प्रधानन्यायाधीश रहनुभएन भन्ने हामीले उद्घोष गरिसेका छौं’ उनले भने ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?