+
+

प्रधानन्यायाधीशमाथि छानबिन गर्न संसद बोलाउनुपर्छ : प्रकाशमान सिंह

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १४:५७

२ मंसिर, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरामाथि लागेको आरोप छानबिनका लागि संसद अधिवेशन बोलाउनुपर्ने बताएका छन् ।

बिहीबार सम्पादकहरुसँगको छलफलमा उनले प्रधाानन्यायाधीशमाथिको आरोप संसदले छानबिन गर्नुुपर्ने बताएका हुन् । उनले अदालतमा देखिएको समस्याबारे सरकारले बोल्नुपर्ने पनि धारणा राखे ।

प्रधानन्यायाधीश जबराले सरकारमा भाग खोजेको, भ्रष्टाचार गरेको, न्यायपालिकामा अनियमितता रोक्न नसकेको जस्ता आरोप लगाएर नेपाल बार एशोसिएसनले तीन हप्तादेखि प्रदर्शन गरिरहेको छ । सर्वोच्च अदालतकै न्यायाधीशहरुले पनि प्रधानन्यायाधीशको राजीनामा माग गर्दै इजलास बहिस्कार गर्दै आएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?