+
+

सप्तरीमा गोरुगाडा दौड प्रतियोगिता : श्यामप्रसादको गोरुगाडा प्रथम

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर २ गते १९:००

२ मंसिर, सप्तरी । सप्तरीमा गोरुगाडा दौड प्रतियोगिताको आयोजना गरिएको छ । जिल्लाको खडक नगरपालिका र बोदे बर्साइन नगरपालिकाको बीचमा पर्ने खडक नदीमा जारी नवाह यज्ञको अन्तिम दिन बुधबार गोरुगाडा दौड प्रतियोगिताको आयोजना गरिएको हो ।

बर्तमान परिप्रेक्ष्यमा गोरु पाल्ने क्रम घट्दै गएपछि यसलाई प्रोत्साहित गर्न गोरुगाडा दौड आयोजना गरिएको बोदे बर्साइन नगरपालिका वडा नम्बर २ बरहाका युवा अरबिन्द यादवले बताए । उक्त प्रतियोगितामा ७ जना गोरुगाडा सहभागी भएका थिए ।

प्रतियोगितामा भाग लिएका गौराका कृषक श्यामप्रसाद यादवको गोरुगाडा प्रथम, डहबारी बस्ने महेन्द्र यादवको गोरुगाडा दोस्रो, गौरा गाउँकौ मुकेश यादवको गोरुगाडा तेस्रो र जोगिया गाउँका भागवतप्रसाद यादवको गोरुगाडा तेस्रो भयो ।

प्रथम भएकालाई २ तौला चाँदी, २५ किलो पिना, १ बालटिन २ घुँघरु र १ गम्छा, दोस्रो हृुनेलाई डेढ.् तोला चाँदीको तक्मा, २० किलो पिना, १ बाल्टिन, २ घुँघरु र १ गम्छा, तेस्रो भएकालाई १ तोला चाँदी, २० किलो पिना १ बाल्टिन र १ गम्छा लगाएर सम्मानित गरियो । सान्तवना हुनेलाई नगद रु ५ सय प्रदान गरियो ।

स्थानीय युवाहरुले यो प्रतियोगिताको आयोजना गरेका हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?