+
+

विवादास्पद कृषि कानून रद्द गर्ने भारतीय प्रधानमन्त्री मोदीको घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते ११:३२

३ मंसिर, काठमाडौं । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कृषिसम्बन्धी विवादास्पद तीनैवटा कानून फिर्ता लिने घोषणा गरेका छन् । प्रधानमन्त्री मोदीले देशवासीलाई सम्बोधन गर्दै ती कानूनहरु फिर्ता लिने घोषणा गरेका हुन् ।

कृषि कानून आफूहरुको हितविपरीत भएको भन्दै भारतीय किसानहरुले एक वर्षदेखि देशभर विरोध प्रदर्शन गर्दै आएका थिए । यो कानून फिर्ता लिने विषयमा भारत सरकार टसमस भएको थिएन । तर मोदीले उत्तर प्रदेश र पन्जाबमा विधानसभा चुनावभन्दा अगाडि तीनैवटा कानून फिर्ता लिने घोषणा गर्नुलाई अर्थपूर्ण मानिएको छ ।

देशवासीलाई सम्बोधन गर्दै मोदीले भने, ‘आज म तपाईंलाई, पूरै देशलाई यो कुरा भन्न आएको छु कि हामीले तीनैवटा कृषि कानून फिर्ता लिने निर्णय लिएका छौं । यसै महिनाको अन्त्यमा शुरु हुने संसद सत्रमा हामीले यी तीनैवटा कृषि कानून रद्द गर्ने संवैधानिक प्रक्रिया पूरा गर्नेछौं ।’

मोदीले आफूहरुले किसानकै हितका लागि र असल नियतका साथ कृषि कानून ल्याए पनि केही किसानहरुलाई सम्झाउन नसकेको बताएका छन् ।

कृषि कानून फिर्ता लिने मोदीको घोषणाप्रति प्रतिक्रिया सार्वजनिक गर्दै किसान आन्दोलनका नेता राकेश टिकैतले आन्दोलन तत्काल फिर्ता नहुने बताएका छन् । उनले कृषि कानून रद्द गर्ने संसदीय प्रक्रिया पूरा नहुन्जेलसम्म जारी रहने उनले बताएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?