+
+

एमाले महाधिवेशनमा लुम्बिनीबाट ७५ हजार कार्यकर्ता सहभागी हुने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ३ गते १७:१५

३ मंसिर, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश कमिटीले पार्टीको आसन्न दशौं राष्ट्रिय महाधिवेशनमा आफ्नो प्रदेशबाट ७५ हजार कार्यकर्ताको सहभागिता गराउने जनाएको छ ।

यसका लागि एमाले प्रदेश कमिटीले जिल्लागत रुपमा जिम्मेवारी बाँडफाँड समेत गरेको छ ।

शुक्रबार बुटवलमा आयोजित पत्रकार सम्मेलनमा लुम्बिनी प्रदेशबाट सबैभन्दा धेरै रुपन्देहीले २२ हजार सहभागी गराउने भएको लुम्बिनी प्रदेश कमिटी अध्यक्ष लिला गिरीले जानकारी दिए ।

यस्तै नवलपरासी र कपिलवस्तु जिल्लाबाट १५–१५ हजारका दरले ,दाङबाट आठ हजार, बाँकेबाट पाँचहजार, बर्दिया र पाल्पाबाट तीन–तीनहजार, गुल्मी, अर्घाखाँची र प्यूठानबाट एक–एक हजार तथा रुकुम पुर्व र रोल्पाबाट पाँच सयका दरले सहभागिता गराइने गिरीले बताए । महाधिवेशनका लागि लुम्बिनी प्रदेशबाट २०८ जना प्रतिनिधि सहभागी हुँदैछन् ।

एमालेको लुम्बिनी प्रदेश प्रचार प्रसार समितिले महाधिवेशन केन्द्रित बुलेटिन प्रकाशनको तयारी समेत थालेको एमाले केन्द्रीय प्रचार विभागका सदस्य डिआर घिमिरेले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?