+
+

हुम्लाका पत्रकार ऐडीको निधन

रासस रासस
२०७८ मंसिर ५ गते १०:२०

५ मङ्सिर, सिमकोट । हुम्लाका पत्रकार नन्द ऐडीको उपचारका क्रममा निधन भएको छ । काठमाडौंको सुमेरु अस्पतालमा कलेजो र मिर्गौलासम्बन्धी रोगले ग्रस्त भएपछि उपचारकै क्रममा पत्रकार ऐडीको निधन भएको हो ।

दुई हप्तादेखि काठमाडौँका विभिन्न अस्पतालमा उपचार गराउँदै आएका पत्रकार ऐडीको शनिबार सुमेरु अस्पतालको आईसीयू कक्षमा उपचारकै क्रममा मृत्यु भएको उनको परिवारले जनाएको छ । पत्रकार ऐडी हेपाटाइटिस बी, कलेजो र मिर्गौलासम्बन्धी रोगबाट पीडित थिए ।

तीस वर्षको उमेरमा ऐडीको निधन भएको हो । पत्रकार ऐडी ताकेश्वर आवाजका प्रकाशक एवं प्रधान सम्पादक थिए । उनकी श्रीमती, दुई छोरी र एक छोरा छन् ।

आर्थिक अवस्था कमजोर भएका कारण उनको उपचारमा समस्या भइरहेको थियो । ऐडी हुम्ला जिल्ला सर्केगार्ड गाउँपालिका–८ फुचाका स्थायी बासिन्दा हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment