+
+

ग्लोबल आइएमई लघुवित्तको बुकक्लोज मिति तय

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १२:१०

५ मंसिर, काठमाडौं । घोषित लाभांश पारित गर्न ग्लोबल आइएमई लघुवित्त वित्तीय संस्था लिमिटेडले साधारणसभा बोलाएको छ । संस्थाले मंसिर २८ गते नवौं वाषिर्क साधारण सभा पोखरामा साधारणसभा बोलाउने निर्णय गरेको हो ।

सभाले गत आर्थिक वर्ष ०७७/७८ सम्मको वाषिर्क प्रतिवेदन सहितका वित्तीय विवरणहरु पारित गर्नुका साथै प्रस्तावित २८ प्रतिशत बोनस शेयर वितरणको प्रस्तावलाई पनि स्वीकृति प्रदान गर्नेछ । चालू आर्थिक वर्षको लागि लेखापरिक्षक नियुक्ति र निजको पारिश्रमिक निर्धारणको विषयलाई पनि सभाले टुङ्याउनेछ ।

कम्पनीले एक वा एकभन्दा बढी उपयुक्त लघुवित्त कम्पनीहरुसँग मर्जर तथा प्राप्ती गर्ने विषयपनि सभामा छलफल गर्नेछ । उक्त प्रस्ताव बमोजिम मर्जर तथा प्राप्ती प्रकृया अघि बढाउन आवश्यक भएमा त्यसको सम्पूर्ण जिम्मेवारी सञ्चालक समितिलाई दिने निर्णय पनि सभाले गर्नेछ ।

साधारण सभा प्रयोजनका लागि कम्पनीले मंसिर १४ गते एक दिन बुक क्लोज गर्नेछ । बुक क्लोजको आधारमा मंसिर १३ गतेसम्म कायम शेयरधनीहरुले मात्र लाभांश प्राप्त गर्न र साधारण सभामा भाग लिन सक्नेछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?