+
+

फिल्म बनाउनेको रोजाइमा उपासना

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १३:०८
फाइल तस्वीर

५ मंसिर, काठमाडौं । नायक पल शाहले केही दिनअघि साइन गरेको एक चलचित्रका लागि नायिका उपासना सिंह ठकुरीलाई अफर गरिएको छ । यो चलचित्रलाई यश कुमारले निर्देशन गर्ने पक्का भइसकेको छ । यश कुमारको निर्देशनमा पलले काम गर्न लागेको यो पहिलो चलचित्र हो ।

प्रेमकथामा बन्न लागेको यो चलचित्रका लागि नायिका उपासना सिंह ठकुरीलाई प्रस्ताव गरिएको छ । उपासना पछिल्लो समय नेपाली मेकरको पहिलो रोजाइमा पर्न थालेकी छन् । रोचक के छ भने, पछिल्लो समय निर्माण हुन लागेका धेरै चलचित्रका अफर उपासनासम्म पुग्न थालेका छन् ।

एक वर्षअघि नभ्याउने भन्दै छाडेको चलचित्र ‘सत्यम्’ समेत अन्तिममा उपासनाकै पोल्टामा पुगेको छ । उपासनाले नभ्याएपछि साम्राज्ञी राज्यलक्ष्मी शाह हुँदै मलिका महतसम्म पुगेको यो चलचित्र अन्तिममा उनकै पोल्टामा आइपुगेको हो ।

उपासनाको हातमा चलचित्र ‘मिरर’ पनि छ । कविराज गहतराजको निर्देशनमा बन्न लागेको यो चलचित्रका लागि उपासना पहिलो रोजाइकी नायिका हुन् । उपासनाले चलचित्र ‘डिसेम्बर फल्स’मा पनि काम गरिरहेकी छन् । यो चलचित्रमा उनले नायक आर्यन सिग्देलसँग पर्दा शेयर गरेकी छन् । यी बाहेक अन्य केही चलचित्रको अफर पनि उपासनालाई पुगेको छ ।

चलचित्र ‘क्याप्टेन र कबड्डी कबड्डी कबड्डी’ गरेपछि एक वर्ष पूरै ‘रिजर्भ’ बसेकी उपासना अहिले भने धमाधम चलचित्र साइन गरिरहेकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?