+
+

माओवादीको वडा सम्मेलन : सबैतिर सर्वसम्मत

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते १८:१५
काभ्रेको खानीखोला गाउँपालिका-६ मा शनिबार सम्पन्न माओवादी केन्द्रको वडा सम्मेलनबाट निर्वाचित पदाधिकारीहरु ।

५ मंसिर, काठमाडौं । नेकपा माओवादी केन्द्रको ८० प्रतिशत बढी वडा तहमा नयाँ नेतृत्व आएका छन् । र नयाँ नेतृत्व सबै सर्वसम्मत निर्वाचित भएका हुन् ।

माओवादी केन्द्रले गत शनिबार देशभर एकैसाथ वडा सम्मेलन गर्ने घोषणा गरेको थियो । तर, ८० प्रतिशत बढी वडा तहमा मात्रै सम्मेलन भएको जानकारी प्राप्त भएको पार्टीको केन्द्रीय निर्वाचन आयोगका प्रमुख विष्णुपुकार श्रेष्ठले जानकारी दिए ।

‘कहीँ कुनै चाडपर्व परेको, कहीँ कसैको मृत्युमा वडा शोकमा रहेको जस्ता कारणले सम्मेलन हुन नसकेको भन्ने आएको छ’ उनले भने ।

पार्टीले आन्तरिक निर्वाचनलाई खुला राखेको भए पनि वडा तहको सम्मेलनमा आन्तरिक निर्वाचन कतै गर्नु नपरेको उनले बताए । ‘८० प्रतिशत वडामा सम्मेलन हुँदा नेतृत्व चयनका लागि निर्वाचन गर्नुपरेको जानकारी आएको छैन्’ श्रेष्ठले भने ।

सम्मेलनबाट महानगरपालिकामा ४५, उपमहानगरपालिकामा ३५ तथा नगरपालिका र गाउँपालिकामा २९/२९ सदस्यीय वडा समिति निर्वाचित भएको मओवादीले जनाएको छ ।

देशभर ६ हजार ७४३ वटा वडा छन् । प्रत्येक वडामा वडा सम्मेलन गर्न ३ सदस्यीय निर्वाचन समितिहरु गठन गरिएको छ ।

अब मंसिर ११ गते सबै पालिकाहरुमा र मंसिर २५ गते सातै प्रदेशमा नेतृत्व चयनका लागि सम्मेलन हुनेछ ।

आगामी पुस ११, १२ र १३ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन हुँदैछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment