
५ मंसिर, गुल्मी । गुल्मी जिल्लाको कालीगण्डकीमा खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको छ ।
जिल्ला कालीगण्डकी गाउँपालिका–२ अर्बेनीस्थित कालीगण्डकी नदी पश्चिमतर्फ रहेको खन्युको रुखमा अड्किएको अबस्थामा बेवारिसे शव फेला परेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरिक्षक (एसपी) गोपालचन्द्र भट्टराईले बताए ।
फेला परेको शव शरीरको कम्मरमा सेतो कछाड बेरेको र सडे गलेको अवस्थामा रहेको प्रहरीको भनाइ छ । ती व्यक्तिको पहिचान नखुलेकालेसबै तिर हुलिया पठाइएको भट्टराईले बताए ।
शवको लाश जाँच मुचुल्का समेतको काम सकिए पनि सनाखत हुन नसकी बेवारिसे रहेको प्रहरीले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4