+
+

न्यायालयको समस्याको सहज निकासका लागि सबै गम्भीर हुनुपर्छ : सभामुख सापकोटा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १७:५९

६ मंसिर, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले न्यायपालिकामा देखिएको समस्याको सहज र स्वाभाविक निकास निकाल्न सम्बद्ध सबै पक्ष गम्भीर हुनुपर्ने बताएका छन् ।

सोमबार नेपाल बार एशोसिएसनको ध्यानाकर्षण पत्र बुझ्दै सभामुख सापकोटाले न्यायपालिकाभित्र देखिएका समस्याको सहज र स्वाभाविक निकास निकाल्न सम्बद्ध पक्ष गम्भीर हुनुपर्ने बताएका हुन् । उनले आफ्नो तर्फबाट निष्पक्ष, स्वतन्त्र र तटस्थ भूमिका निर्वाह गर्ने भन्दै न्यायपालिकाको समस्या समाधान छिटोभन्दा छिटो निकाल्नुपर्नेमा जोड दिए ।

सभामुख सापकोटाले न्यायपालिकामा के कामले गर्दा समस्या गहिरिदै गएको हो भन्ने सम्बन्धमा आफूले चिन्तन गरिरहेको पनि उल्लेख गरे । ‘अहिले जे बहस भइरहेको हुन्छ, मैले निकै नजिकबाट अध्ययन गर्ने कोशिस गरिरहेको छु । र यो महान बहसका बीचबाट एउटा राम्रो निश्कर्ष निस्किन्छ भन्ने मलाई लागेको छ’ उनले भने, ‘म अझैपनि के चाहन्छु त भन्दाखेरि यसको सहज, स्वाभाविक निकास निकाल्नका लागि सम्बद्ध सबै पक्ष अत्यन्त गम्भीर हुनुपर्छ ।’

सभामुख सापकोटाले न्यायपालिकाको समस्या समाधानका लागि आफ्नो विवेक र चेतनाले निर्देशित गरे अनुसार लाग्ने पनि बताए । ‘म के विश्वास दिलाउन चाहन्छु भने व्यवस्थापिकाको, संघीय संसदको नेतृत्वको हैसियतले मेरो ठाउँबाट जुन बहस उठान गर्नुभएको छ, यसमा मैले खेल्नुपर्ने भूमिका मेरो बुद्धि, विवेक, योग्यता, क्षमता, मेरो विवेक र चेतनाले निर्देशित गरे अनुसार नै म यो समाधानमा लाग्नेछु’ उनले भने ।

नेपाल बार एशोसिएसनले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराको बर्हिगमनको निम्ति गरिरहेको आन्दोलन बारे जानकारी गराउँदै सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

बारले सभामुख सापकोटालाई ध्यानाकर्षण पत्र बुझाउँदै प्रधानन्यायाधीशको बर्हिगमन र न्यापालिकाको सुधारको निम्ति दृढतापूर्वक उभिन राजनीतिक दललगायत सरोकारवाला सबैलाई आह्वान गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?