+
+

दीपेन्द्र लामाको निर्देशनमा ‘घुइँचो’ घोषणा

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १८:५६

६ मंसिर, काठमाडौं । दीपेन्द्र लामाको निर्देशनमा चलचित्र ‘घुइँचो’ निर्माण हुने भएको छ । सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आरजे म्यूजिक एण्ड फिल्म्सले चलचित्र ‘घुइँचो’ निर्माण गर्न लागेको जानकारी दिएको हो ।

यो चलचित्रबाट मोडल कुन्साङ बम्जनले डेब्यु गर्दैछन् भने नायिका एलिजा गौतम रहनेछिन् । आरजे म्यूजिक एण्ड फिल्म्सको ब्यानरमा निर्माण हुने चलचित्रका निर्माता रामजी दैलेखी हुन् ।

आगामी माघबाट ‘घुइँचो’को छायांकन गर्ने निर्माण कम्पनीले जनाएको छ । निर्माता दैलेखीले चलचित्रको कथावस्तु बलियो भएकाले दर्शकलाई मनपर्ने विश्वास व्यक्त गरे ।

यस्तै अभिनेत्री एलिजाले कथावस्तु र आफ्नो चरित्र बलियो भएकाले चलचित्रमा काम गर्न तयार भएको बताइन् । ‘चलचित्रमा काम गर्ने मेरो सानैदेखिको रहर थियो । मेरो पहिलो चलचित्र ‘अनुराग’ जे जस्तो भएपनि धेरै कुरा सिक्ने मौका पाएको थिएँ । र, अब ‘घुइँचो’ मा एकदमै मिहिनेत गरेर काम गर्नेछु,’ उनले भनिन् ।

कुन्साङले पनि राम्रो कथावस्तुमा काम गर्नका लागि आफू उत्साहित रहेको बताए । म्युजिक भिडियोहरुमा चकलेटी अवतारमा रुचाइएका उनले यो चलचित्रमा गाउँले युवकको भूमिका निर्वाह गर्दैछन् ।

निर्देशक लामाले चलचित्र सुःख-दुःख, सपना, इमान्दार र बेइमानहरुको घुइँचो रहेको बताए । जुम्लाको एक सामान्य परिवारको युवाको अमेरिकासम्मको यात्राको कथामा चलचित्र बन्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?