+
+

तरलता संकट कायमै, २३ अर्बले निक्षेप घट्दा ४३ अर्बले बढ्यो ऋण

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ६ गते १९:१०

६ मंसिर, काठमाडौं । बैंक तथा वित्तीय संस्थाहरुमा तरलता संकट थप गहिरिएको छ । कर्जा निक्षेप अनुपात ९० प्रतिशतभन्दा बढी नाघ्दा समेत बैंकहरुले ऋण दिन रोकेका छैनन् । बैंकहरुले धमाधम ऋण लगानी गर्दा पनि निक्षेप भने बढ्न सकेको छैन ।

बैंकर्स संघका अनुसार कात्तिक यतामात्रै २३ अर्ब रुपैयाँले निक्षेप घटेको छ । यस अवधिमा निक्षेपभन्दा ऋण लगानी भने करिब दोब्बरले बढेको छ । कात्तिक यता ४३ अर्ब रुपैयाँ बैंकहरुले ऋण बढाएको बैंकर्स संघले बताएको छ ।

कात्तिक ५ गतेसम्म बैंकहरुको निक्षेप ४२ खर्ब ४९ अर्ब रुपैयाँ निक्षेप थियो । मंसिर ३ गतेसम्म आइपुग्दा यो घटेर ४२ खर्ब २६ अर्ब रुपैयाँमा झरेको छ । निक्षेप यसरी घट्दा पनि ऋण लगानी भने कात्तिक ५ गतेसम्म ३९ अर्ब ९८ अर्ब रुपैयाँ रहेकोमा मंसिर ३ सम्म ४० खर्ब ४१ अर्ब रुपैयाँ पुगेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?