+
+
Shares

तरुण दल अध्यक्ष बस्नेत र मेयर महर्जन केन्द्रीय महाधिवेशन प्रतिनिधि निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ७ गते ७:५८

७ मंसिर, काठमाडौं । तरुण दल अध्यक्ष जितजंग बस्नेत र ललितपुर महानगरपालिकाका मेयर चिरीबाबु महर्जन नेपाली कांग्रेसको केन्द्रीय महाधिवेशन प्रतिनिधिमा निर्वाचित भएका छन् ।

ललितपुर क्षेत्र नम्बर ३ को अधिवेशनबाट बस्नेत लोकप्रिय मतसहित विजयी भएका छन् ।

तरुण दल केन्द्रीय अध्यक्ष बस्नेतले कूल खसेको ३९९ मतमध्ये खुल्ला तर्फ सबैभन्दा बढी २७८ मत प्राप्त गरेका छन् ।

मेयर महर्जनले २०५ मत प्राप्त गरेर केन्द्रीय महाधिवेशन प्रतिनिधि चुनिएका छन् । यसैगरी जितेन्द्र कुमार श्रेष्ठले २४८, नवराज महतले २१०, गजेन्द्र महर्जनले २०७ र मदन कुमार अमात्यले २०४, सुदर्शन घिमिरे मत पाउँदै केन्द्रीय महाधिवेशन प्रतिनिधिमा विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?