
८ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले नेपालको बजेट र बजेट प्रणाली समस्याग्रस्त अवस्थामा रहेको बताएका छन् । नेपाल आर्थिक पत्रका संघ (नाफिज) ले आयोजना गरेको आर्थिक पुनरूउत्थानमा सार्वजनिक नीजी साझेदारी विषयक कार्यक्रममा बोल्दै अर्थमन्त्री शर्माले यस्तो धारणा राखेका हुन् ।
अहिले राजस्वले चालू खर्च पनि धान्न मुस्किल रहेको शर्माले बताए । भएका चिजको व्यवस्थापन गर्न नसक्दा मुलुकका बजेट प्रणाली समस्याग्रस्त भएको उनको भनाइ छ ।
उनले कोभिड पछिको आर्थिक पुनरूउत्थानमा निजी क्षेत्रले खोजेजस्तो सहुलित उपलब्ध हुन नसकेको तर सरकारको प्रयास जारी रहेको भन्दै शर्माले भने,’आर्थिक पुनरूउत्थानमा सरकारको सहुलियत दिने प्रयास जारी छ, तर पूर्ण छैन, राहतका कार्यक्रम निजी क्षेत्रको अपेक्षाकृत छैन । त्यसलाइ पुरा गर्ने प्रयास जारी छ ।’
मुलुकको आर्थिक विकासमा निजी क्षेत्रको भूमिका प्रसंशायोग्य भएको भन्दै उनले ठूला पुर्वाधार निर्माणमा सरकारसँग मिलेर निजी क्षेत्रलाई आग्रह गरे ।
‘अर्थचित्र’ विमोचन
नाफिजले आफ्नो पहिलो अर्थ वार्षिक स्मारिका विमोचन गरेको छ । कोभिडपछिको अर्थतन्त्रको पुनरुत्थान विषयमा केन्द्रित स्मारिका अर्थमन्त्री जनार्दन शर्मा, गभर्नर महाप्रसाद अधिकारी तथा निजी क्षेत्रका प्रतिनिधिहरुले बुधबार एक कार्यक्रमका बीच सार्वजनिक गरेका हुन् ।
स्मारिकामा कोभिडपछिको आर्थिक पुनरुत्थानका लागि निजी र सार्वजनिक भूमिकाबारे दुई दर्जन बढी विषय विज्ञको बिचार समेटिएको नाफिजले जनाएको छ ।
कार्यक्रममा आर्थिक पत्रकार केशव गौतमलाई नाफिज सम्मानबाट सम्मानित गरिएको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

खुसी

दुःखी

अचम्मित

उत्साहित

आक्रोशित
प्रतिक्रिया 4