+
+

सुर्खेतमा दुई पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १२:५२

८ मंसिर, काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनअन्तर्गत सुर्खेतमा सम्पन्न क्षेत्रीय अधिवेशनबाट दुई जना पूर्वमन्त्री महाधिवेशन प्रतिनिधिमा पराजित भएका छन् ।

सुर्खेत-२ बाट पूर्वमन्त्री शिवराज जोशी र पूर्वराज्यमन्त्री खड्गबहादुर बस्याल महाधिवेशन प्रतिनिधिमा पराजित भएका हुन् ।

तीन पटक मन्त्री भएका जोशीले ३१० मत मात्रै पाएका छन् । केन्द्रीय महाधिवेशनतर्फ खुला १० जना प्रतिनिधिमा प्रतिस्पर्धा गरेका उनी १३ औं नम्बरमा आए । त्यस्तै केन्द्रीय महाधिवेशनमा दलिततर्फ उम्मेदवार बनेका बस्यालले ३०२ मत मात्रै पाए । उनलाई लोकबहादुर विश्वकर्माले पराजित गरेका हुन् । विजयी विश्वकर्माले ४७३ मत पाएको निर्वाचन समितिले जनाएको छ ।

पूर्वमन्त्री जोशी र बस्याल दुवै संस्थापनइतर समूहबाट महाधिवेशन प्रतिनिधिको उम्मेदवार बनेका हुन् ।

सुर्खेतमा महामन्त्री पूर्णबहादुर खड्का समूह विजयी भएको हो । दुवै निर्वाचन क्षेत्रको कार्यसमिति र महाधिवेशन प्रतिनिधिमा खड्का समूहको प्यानल विजयी भएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?