
८ मंसिर, काठमाडौं । बलिउड अभिनेता शाहिद कपूरको खस्कँदो करिअरलाई सन् २०१९ मा रिलिज भएको चलचित्र ‘कवीर सिंह’ले नयाँ उचाइमा पुर्यायो । शाहिदले अभिनय गरेको यो चलचित्रले २५० करोड भारुभन्दा बढी कमाइ गरेको थियो । शाहिद आफैं पनि यो चलचित्रलाई आफ्नो करिअरको कोसेढुंगा भन्छन् ।
तर, शाहिदले यो चलचित्र रिलिज भएपछि मेकर्ससँग भिखारीको जसरी काम मागेको खुलासा गरेका छन् । मंगलबार चलचित्र ‘जर्सी’को ट्रेलर रिलिज कार्यक्रममा बोल्दै शाहिदले यो कुराको खुलासा गरेका हुन् । उनले भने, ‘मसँग ‘कवीर सिंह’को रिलिज अगाडि २ सय देखि २ सय ५० करोडको अनुभव थिएन । यसैले यो चलचित्र रिलिज भएपछि मैले अब कसरी काम गर्ने भन्ने विषयमा सोच्नै सकेको थिइनँ ।’
शाहिदका अनुसार उनले ‘कवीर सिंह’ रिलिज भएपछि २ सय देखि २ सय ५० करोड कमाइ गरेका अधिकांश चलचित्रका निर्मातासँग सम्पर्क गरेका थिए । उनले ती निर्मातासँग भिखारीको जसरी चलचित्र मागेको पनि बताएका छन् ।
शाहिदले आफूलाई चलचित्र ‘जर्सी’मा काम गर्न शुरुवाती दिनमा मन नलागेको पनि बताएका छन् । शाहिद अभिनित चलचित्र ‘जर्सी’ डिसेम्बर ३१ तारिखमा रिलिज हुँदैछ ।
प्रतिक्रिया 4