+
+

प्राध्यापक तथा सह-प्राध्यापक बढे

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १४:४३

८ मंसिर, काठमाडौं । आर्थिक वर्ष २०७७-०७८ मा प्राध्यापक तथा सह-प्राध्यापकको संख्या बढेको छ ।

विश्वविद्यालय अनुदान आयोगले शिक्षकहरुको तहगत विवरण विश्लेषण गर्दा विगतको वर्षहरुको तुलनामा प्राध्यापक तथा सह-प्राध्यापकहरुको संख्या बढेको जनाएको छ ।

मंगलबार आयोगको २८औं बार्षिकोत्सव कार्यक्रमका अवसरमा आयोगका सचिव प्रा. शंकरप्रसाद भण्डारीले प्रस्तुत गरेको प्रतिवेदन अनुसार आंगिक क्याम्पसमा अध्यापनरत रहेका १० हजार ८१० मध्ये ९३१ जना प्राध्यापक तहका, २ हजार ५०१ सह-प्राध्यापक तहका, ५ हजार २३१ उप-प्राध्यापक तहका १ हजार ५४५ शिक्षण सहायक, १२५ इन्स्ट्रक्टर र ४७७ जना करार सम्झौतामा रहेका छन् ।

सामुदायिक र निजी क्याम्पस समेत गरी करीब २१ हजार ५ सय शिक्षक उच्च शिक्षामा आंशिक तथा पूर्णकालिन रुपमा कार्यरत रहेका छन् ।

यस्तै सामुदायिक र निजी क्याम्पसमा मात्रै कार्यरत शिक्षकहरु १० हजार ६९० जना शिक्षण पेशामा कार्यरत रहेको प्रतिवेदनमा उल्लेख छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?