+
+

कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १५:२२

८ मंसिर, सुर्खेत। नेपाली कांग्रेस डोल्पाको सभापतिमा दिपेन्द्रबहादुर शाही निर्वाचित भएका छन् ।

संस्थापन समूहसँग नजिक रहेका शाही तीन जना प्रतिस्पर्धीलाई पछि पार्दै सभापतिमा निर्वाचित भएका हुन् ।

शाहीले २३७ मत प्राप्त गरी विजयी भएका छन् भने उनका प्रतिस्पर्धीहरु अंगदकुमार बुढाले १५८, गौरीशंकर उपाध्यायले २३ र दुधकुमारी हमालले ११ मत प्राप्त गरेका छन्।

त्यस्तै उपसभापतिमा पूर्णबहादुर शाही र लवकुमार शाही, सचिवमा दशरथ रोकाया र हिक्मतबहादुर शाही र सहसचिवमा सुरेन्द्रप्रसाद महत र लक्ष्मणकुमार शाही निर्वाचित भएका छन् ।

यस्तै जिल्ला कार्यसमिति सदस्यमा श्रीनारायण कार्की, भैरबहादुर शाही, लक्ष्मी सार्की, जलसरी बुढा निर्विरोध निर्वाचित भएका छन् । नरेन्द्र बुढा, लालकुमारी थापा, आईतुरुपा रोकाया, तेजेन्द्रबहादुर रोकाया र धनबहादुर रावत विजयी भएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?