+
+

प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी

नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भएका छन् । क्षेत्रीसँगै महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत सहभागी छन् ।

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १५:५४

८ मंसिर, काठमाडौं। नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी भएका छन् ।

टर्कीको ईस्तानबुलमा २०७८ मंसिर ७ देखि ९ गते (तदनुसार २३ देखि २५ नोभेम्बर, २०२१) सम्म हुने महासभामा प्रहरी महानिरीक्षक क्षेत्री बुधबार सहभागी भएको नेपाल प्रहरीले जनाएको छ ।

प्रहरी महानिरीक्षक क्षेत्रीसँगै महासभामा प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत सहभागी छन् ।

क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन मंसिर ५ गते टर्की प्रस्थान गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?