+
+

प्रहरी महानिरीक्षक टर्की गए, शाहीले निमित्तको जिम्मा पाउँदा पाल विदा बसे

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ५ गते ११:४१

५ मंसिर, काठमाडौं । नेपाल प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री इन्टरपोलको ८९औं महासभामा सहभागी हुन आइतबार टर्की प्रस्थान गरेका छन् ।

उनको अनुपस्थितिमा तेस्रो वरियताका एआईजी निरजबहादुर शाहीलाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिइएको छ । प्रहरी महानिरीक्षक क्षेत्रीको अनुपस्थितिमा शाहीले प्रहरी प्रधान कार्यालयको दैनिक प्रशासनिक कामकाजको जिम्मेवारी सम्हाल्ने प्रहरी प्रधान कार्यालयले आइतबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।

क्षेत्रीपछि दोस्रो वरियताका एआईजी हरिबहादुर पाल थिए । तर तेस्रो वरियताका शाहीलाई निमित्तको जिम्मा दिइएपछि असन्तुष्ट पाल विदामा बसेका छन् । प्रहरी नियमावलीमा बरिष्ठतमलाई कार्यवाहकको जिम्मा दिनुपर्ने उल्लेख छ ।

असन्तुष्ट भएका पाल प्रहरी महानिरीक्षक क्षेत्रीलाई विदाई गर्न त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पनि गएनन् । प्रहरी प्रमुख लामो यात्रामा निस्किंदा बरिष्ठतम अधिकृतहरु विदाई कार्यक्रममा सहभागी हुने प्रचलन छ ।

पालको गृहमन्त्री बालकृष्ण खाँणसँग राम्रो सम्बन्ध नभएकाले खाँणकै इच्छाअनुसार उनलाई कार्यवाहकको जिम्मेवारी नदिइएको एकजना प्रहरी अधिकृतले बताए । यद्यपि पाल निकट स्रोत भने उनी विदामा रहेकाले कार्यवाहकको जिम्मा नपाएको तर्क गर्दछ ।

यसअघि भारत भ्रमणमा जाँदा पनि क्षेत्रीले पाललाई निमित्त प्रहरी महानिरीक्षकको जिम्मेवारी दिएका थिएनन्

प्रहरी महानिरीक्षक क्षेत्री टर्कीको इस्तानबुलमा यही मंसिर ७ गतेदेखि ९ गतेसम्म आयोजना हुने महासभामा सहभागी हुनेछन् । महासभामा सहभागी हुन क्षेत्रीसँगै प्रहरी अतिरिक्त महानिरीक्षक प्रद्युम्न कुमार कार्की र प्रहरी उपरीक्षक सविन प्रधान समेत टर्की गएका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?