+
+
Shares

सर्वोच्चको आन्दोलन पाँच दलीय छट्पटी मात्र हो : ओली

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १७:११

८ मंसिर, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सर्वोच्च अदालतमा भइरहेको आन्दोलनलाई पाँच दलीय छट्पटीको संज्ञा दिएका छन् ।

काठमाडौंमा आयोजित साइबर सर्कलको घोषणा कार्यक्रममा उनले घटना सर्वोच्च अदालतमा भए पनि सत्तारुढ पाँच दलको छट्पटी भएको टिप्पणी गरेका हुन् ।

‘अहिले सर्वोच्च अदालततिर प्रकट भइरहेको छ । हामीलाई फ्याकेको ब्रम्हास्त्र ठोक्किएर फर्किँदाखेरि आफैंलाई लागेर भएको छट्पटी हो’ उनले भने, ‘…यो केही होइन, देखिएको त्यहाँ (सर्वोच्च अदालतमा) छ । तर पाँच दलीय छट्पटी हो । यो कुराको प्रमाण सर्वोच्च अदालतका श्रीमान न्यायाधीशले अमेरिकाबाट इमेल पठाएर साविती वयान दिएका छन् ।’

ओलीले अदालतमा देखिएको आन्दोलनलाई नेकपा एमालेमाथि प्रहार गरिएको ब्रम्हास्त्र फर्किएर पाँच दलका नेताको टाउकोमा लागेको ब्रम्हास्त्रको संज्ञा दिए । ‘यस यस लडाईंमा ब्रम्हास्त्रको प्रयोग हुने ठाउँसम्म पुगेछ’ उनले भने ।

उनले न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको तर धामीमार्फत उपचार खोजिएको पनि टिप्पणी गरे । ‘न्यायिक क्षेत्रमा क्यान्सर भइसकेको छ, तर त्यसको उपचार कसरी खोजिदैछ भने धामी बोलाएर, कुखुराको अण्डा ल्याएर,… दुनामा लगेर मन्सिने । त्यो विचरा अण्डा मन्साएर क्यान्सर निको हुन्छ ?’

ओलीले अघि भने, ‘अपरेसनको आवश्यकता छ । किमोको आवश्यकता छ । विमार त्यो तहमा पुगिसकेको छ ।’

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?