+
+
Shares

विद्यालयलाई उद्यमस्थल बनाउनुपर्छ : अर्थमन्त्री

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १७:४३

८ मंसिर, काठमाडौं । अर्थमन्त्री जनार्दन शर्माले विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका छन् । बुधबार एकीकृत अखिल नेपाल शिक्षक संगठनको राष्ट्रिय परिषद्लाई सम्बोधन गर्दै समाजवादको आधार तयार गर्न विद्यालयलाई उद्यमस्थल बनाउनुपर्ने बताएका हुन् ।

उनले भने, ‘अब हाम्रा विद्यालय कृषि फर्म, गाई फर्म, कुखुरा फर्मलगायत बगैँचासहितको हुनुपर्‍यो, विद्यालय उद्योग हुनुपर्‍यो ।’ मन्त्री शर्माले एकातिर पढ्ने जनशक्ति निर्माण गर्ने, अर्कोतिर उनीहरूको श्रम प्रयोग गरेर उत्पादन गर्ने हुनुपर्ने बताए । समाजवादतिर जान हरेक विद्यालयले एउटा उद्यम गर्नैपर्ने भन्दै उनले शिक्षक र शिक्षक संगठनले यसमा नेतृत्वदायी भूमिका खेल्नुपर्ने बताए ।

विद्यालयलाई उद्यम केन्द्रित बनाउँदा सामुदायिक पुँजी निर्माण हुने भन्दै मन्त्री शर्माले त्यो समाजवादको आधार बन्ने बताए । यसले उत्पादनका स्रोत र साधनमा सामुदायिक स्वामित्व रहने उनको भनाइ छ । मन्त्री शर्माले पछिल्लो समय विद्यालय नयाँ खोल्नुभन्दा मेगा विद्यालय बनाउनुपर्ने बताए । उनले थोरै विद्यार्थी तर धेरै विद्यालय हुँदा गुणस्तरीय शिक्षा प्रदानमा समस्या भइरहेको उल्लेख गरे । एकै ठाउँ हजारौं विद्यार्थीलाई पढाउने भौतिक संरचना बनाएर सो अनुसार केन्द्रिकृत गर्नुपर्ने उनको भनाइ छ ।

शिक्षकहरूको विभिन्न मागका सम्बन्धमा शिक्षा मन्त्रालयबाट पुरा हुने र कतिपय माग आगामी बजेटमा सम्बोधन गरिने आश्वासन दिए ।

#ResultWithOK View All Results
पार्टीहरू
अग्रता
जित
कुल सिट
Change
समानुपातिक मत
Loading election results...

प्रत्यक्ष सिट — प्रतिनिधि सभा

कुल सिट: १६५
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?