+
+

यू-१९ राष्ट्रिय क्रिकेट : सुवास र प्रकाश चम्किँदा कर्णालीको शानदार जित

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ८ गते १९:३५

८ मंसिर, काठमाडौं। ब्याटिङमा सुवास ऐर र बलिङमा प्रकाश जैसीले उत्कृष्ट प्रदर्शन गरेपछि कर्णाली प्रदेशले वाई वाई यू-१९ पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

कीर्तिपुरस्थित क्रिकेट म‌ैदानमा बुधबार भएको खेलमा कर्णालीले लुम्बिनी प्रदेशलाई १४० रनको फराकिलो अन्तरले पराजित गरेको हो ।

कर्णालीले दिएको २३३ रनको लक्ष्य पछ्याएको लुम्बिनीले २३.५ ओभरमा अलआउट हुँदै ९२ रन मात्र बनाउन सक्यो ।

लुम्बिनीका लागि प्रज्वल थापाले सर्वाधिक २८ रन बनाउँदा दुर्गेश गुप्ताले २० र आकाश त्रिपाठीले १५ रन बनाए भने अन्य खेलाडीले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लुम्बिनीलाई सस्तैमा समेट्ने क्रममा प्रकाश जैशीले सर्वाधिक ५ विकेट हात पारे । उनले ९ ओभरमा ४३ रन खर्चेका थिए ।

यस्तै युनिश सिंहले ३ तथा अनुज चुनाराले २ विकेट लिए । त्यसअघि पहिले ब्याटिङ गर्ने निर्णय गरेको कर्णाली प्रदेशले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर २३२ रन बनाएको थियो ।

कर्णालीका लागि सुवास ऐयरले सर्वाधिक ७६ रन जोडे । उनले ९० बल खेल्दै ९ चौका र ३ छक्का प्रहार गरे । कप्तान निश्चल रावलले ९९ बल खेल्दै ५ चौका मद्दतमा ४४ रन बनाए ।

३९ रनमा २ विकेट गुमाएपनि सुवास र निश्चलले तेस्रो विकेटका लागि १२२ रनको साझेदारी गरेपछि कर्णालीले राम्रो स्कोर बनाएको हो । यस्तै विपिन रावलले ३२ तथा प्रकाश जैसीले २५ रनको योगदान गरे ।

लुम्बिनीका लागि दुर्गेश गुप्ताले सर्वाधिक ४ विकेट हात पार्दा विशाल बिक्रम केसीले २ विकेट लिए । मोहम्मद हुसेन तथा वासिर अहमदले एक–एक विकेट हात पारे ।

लुम्बिनीले पहिलो खेलमा मंगलबार गण्डकी प्रदेशलाई ९ विकेटले पराजित गरेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?