+
+
Shares

सोमालियामा आत्मघाती बम विस्फोट, कम्तिमा ८ जनाको मृत्यु

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते १६:०८

९ मंसिर, काठमाडौं । सोमालियाको राजधानी मोगादिशुमा बम विस्फोट हुँदा कम्तिमा ८ जनाको मृत्यु भएको छ ।

बिहीबार बिहान मोगादिशुको केन्द्रमा भएको बम विस्फोट परी कम्तिमा ८ जनाले ज्यान गुमाएको अलजजिराले जनाएको छ । राष्ट्रसंघको सुरक्षामा खटिएको गाडीलाई लक्षित गरी बम विस्फोट गराइएको अधिकारी र प्रत्यक्षदर्शीले जनाएका छन् ।

बम विस्फोटलगत्तै आकाशमा धुँवाको मुस्लो उडेको र घटनास्थल वरपर गोली चलेको थियो । राजधानी मोगादिशुको मुटुमै भएको विस्फोट यति शक्तिशाली थियो कि नजिकैको एक विद्यालय र अस्पतालको पर्खाल भत्केको थियो ।

‘आठ जना मानिसको मृत्यु भएको छ र १३ विद्यार्थीसहित १७ जना घाइते भएका छन्’, प्रहरी प्रवक्ता अब्दिफताह अदेन हसनले सञ्चारकर्मीसँग कुरा गर्दै भने। विस्फोटक पदार्थ भरिएको आत्मघाती एसयुभी कारले राष्ट्रसंघको सुरक्षामा खटिएको साधनलाई लक्षित गरी उक्त विस्फोट गराइएको उनले बताए ।

विस्फोटमा परी राष्ट्रसंघका कुनै कर्मचारी हताहती भएको वा नभएकोबारे प्रस्ट भइसकेको छैन ।

लामो समयदेखि सरकारी फौजसँग लड्दै आएको इस्लामिक अतिवादी समूह अब शबाबले बिहीबार भएको विस्फोटको जिम्मा लिएको छ ।

१६५
प्रत्यक्ष सिट
पार्टीहरू प्रत्यक्ष सिट
0 Seat
0 Seat
समानुपातिक कुल सिट
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?