
९ मंसिर, तनहुँ । प्रहरीको केन्द्रीय अनुन्धान ब्यूरोले बैंकिङ कसूर मुद्दाका फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा तनहुँको भानु नगरपालिका-१३ स्थाइ घर भइ काठमाडौं महानगरपालिका-४ हाँडीगाउँ बस्दै आएकी ४५ वर्षीय शोभा गुरूङ रहेकी छन् ।
उच्च अदालत पाटनको २०७७ असार १ गतेको फैसलाले गुरूङलाई ४ दिन कैद र २० लाख रुपैयाँ जरिवाना सुनाएको थियो ।
ब्यूरोले बिहीबार ललितपुरको कुपण्डोलबाट उनलाई पक्राउ गरेको हो ।
पक्राउ परेका उनले पीडितलाई आफ्नो खातामा पर्याप्त मौज्दात रकम नभएको भन्ने जानी जानी झुक्याएर एनआइसी एसिया बैंकको चेक काटेर पीडितहरूलाई दिएकी थिइन् ।
पक्राउ परेकी उनलाई फैसला कार्यान्वयनको लागि ललितपुर जिल्ला अदालतमा पेश गरेको ब्यूरोले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4