+
+

एमाले महाधिवेशनको उद्घाटन समारोहमा प्रचण्ड नआउने

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते २०:२२
फाइल तस्वीर

९ मंसिर, चितवन । नेकपा एमालेको दशौं राष्ट्रिय महाधिवेशनको उद्घाटन समारोहमा शुभकामना दिन नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नजाने भएका छन् ।

एमाले महाधिवेशन भोलि शुक्रबार चितवनमा शुरु हुँदैछ । उद्घाटन समारोहमा एमालेले नेपालका प्रमुख राजनीतिक दलका नेताहरुलाई पनि बोलाएको छ । एमाले प्रचार विभाग प्रमुख योगेश भट्टराईका अनुसार प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आउने पक्का भएको छ ।

एमालेले माओवादी अध्यक्ष प्रचण्डलाई पनि निम्तो दिएको छ । तर उनी नजाने भएका छन् । प्रचण्डको पूर्व निर्धारित कार्यक्रम भएकाले चितवन नजाने माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए । ‘उहाँले केही भन्नु भएको थिएन, त्यसैले मैले पनि कार्यक्रम तय गरेँ,’ उनले भने, ‘उहाँको पनि कार्यक्रम परेको रहेछ । भोलि चितवन जान भ्याउनु हुन्न ।’

उनका अनुसार स्थायी कमिटीका नेता एमाले महाधिवेशनको उद्घाटन समारोहमा पुग्ने छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?