+
+

भूपेन्द्र हत्याका आरोपी रावलको होटलबाट गोली र पेस्तोल बरामद

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर ९ गते २१:१४

९ मंसिर, धनगढी । कैलालीका युवक भुपेन्द्र बडुवालको हत्याको आरोप लागेका युवकको होटलबाट प्रहरीले पेस्तोल बरामद गरेको छ । हत्याका मुख्य योजनाकार भनिएका चिसापानीका नवीन रावलको परिवारले सञ्चालन गर्दै आएको सिद्धार्थ होटलबाट ७ राउण्ड गोलीसहित दुई पेस्तोल बरामद गरिएको प्रहरीले जनाएको  छ ।

जिल्ला प्रहरी कार्यालयकाअनुसार बुधबार दिउँसो विशेष सूचनाका आधारमा निज रावलको होटलमा खान तलासी गर्दा होटलको कोठाको ट्वाइटेलमा लुकाएको अवस्थामा पेस्तोल बरामद गरिएको हो ।  बरामद गरिएका हतियारबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

गत कात्तिक २३ गते टीकापुर नगरपालिका-१ मा लम्कीचुहा नगरपालिका-१ का बडुवालको धारिलो हतियार प्रहार गरेर हत्या  गरिएको थियो । उनको हत्यामा संलग्न भएको आरोपमा पीडित परिवारले नवीन रावलसहित १६ जनाविरुद्ध किटानी जाहेरी दिएका छन् । उनीहरू मध्येका १० जनालाई प्रहरीले पक्राउ गरिएको छ भने रावलसहितका ६ जना अझै फरार रहेको प्रहरीले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment