+
+

दक्षिण अफ्रिकामा भेटियो कोभिड-१९ को नयाँ भेरियन्ट

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते ९:२३

१० मंसिर, काठमाडौं । दक्षिण अफ्रिकामा कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको छ । हालसम्म थोरै मानिसलाई मात्रै संक्रमित गरेको कोभिड-१९ को नयाँ भेरियन्ट फेला परेको अन्तर्राष्ट्रिय समाचार माध्यमले जनाएका हुन् ।

नयाँ भेरियन्ट फेला परेसँगै वैज्ञानिकहरूले चिन्ता व्यक्त गर्दै यसबाट उत्पन्न हुन सक्ने जोखिम बुझ्ने प्रयास भइरहेको बताएका छन् ।

‘बि१.१.५२९’ नामाकरण गरिएको उक्त भेरियन्टमा पटक-पटक एउटै प्रकारको म्युटेशन हुने ‘मात्रा अस्वभाविक’ रहेको अलजजिराले बताएको छ । बिहीबार वैज्ञानिकहरूले म्युटेशनको ‘अस्वभाविक मात्रा’का कारण नयाँ भेरियन्टले शरीरको रोगप्रतिरोधी क्षमता छल्न सक्ने र थप संक्रामक बन्न सक्ने हुँदा चिन्ता व्यक्त गरेका छन् ।

दक्षिण अफ्रिकाको सरुवा रोगका लागि राष्ट्रिय इन्स्टिच्युटका अनुसार जिनोमिक सिक्वेन्सिङपछि २२ जना मानिसमा नयाँ भेरियन्ट फेला परेको हो ।

‘दु:खका साथ भन्नुपर्छ हामीले फेला पारेको नयाँ भेरियन्ट दक्षिण अफ्रिकामा चिन्ताको विषय बनेको छ’, नेटवर्क फर जिनोमिक सर्भिलेन्सका टुलियो डि ओलिभियराले बताए । नयाँ भेरियन्टसँग म्युटेशनको क्षमता निकै उच्च रहेको र यसैका कारण पुन: संक्रमण देखिएको पनि उनले बताए ।

ओलिभियराका अनुसार बोत्स्वाना र हङकङमा समेत कोरोनाको नयाँ भेरियन्ट फेला परेको छ । त्यहाँ दक्षिण अफ्रिकाबाट आएका मानिसहरू यसबाट संक्रमित भएका छन् ।

आगामी केही दिनभित्रै नयाँ भेरियन्ट कति संक्रामक र गम्भीर छ भनेर तय गरिने अधिकारीहरूले बताएका छन् । हालसम्म खासगरी युवायुवतीमा ‘बि.१.१५२९’ फैलिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?