+
+

नारायणी नदी किनारमा एमाले कार्यकर्ताको मेस

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते ११:५४

१० मंसिर, चितवन । नेकपा एमालेको १० औं महाधिवेशनको उद्घाटन समारोहमा सहभागी हुन देशका विभिन्न स्थानबाट समर्थक–शुभेच्छुक चितवन पुगेका छन् ।

सभामा सहभागी हुन आउनेहरुलाई एमाले पार्टी केन्द्रले खानेबस्ने प्रबन्ध नमिलाएकाले कार्यकर्ताहरु आफैंले नारायणी नदी किनारमा मेस चलाएका छन् ।

एमालेले ५ लाख जनसहभागिता गराउने दाबी गरेको छ र त्यसअनुसार जिल्ला जिल्लालाई समर्थक–शुभेच्छुक ल्याउने जिम्मा दिएको छ । जिल्ला तथा स्थानीय तहका कमिटीहरुले बस रिजर्भ गरेर समर्थक–शुभेच्छुकलाई चितवन पुर्याएका छन् ।

लामो यात्रा गरेर पुगेर आइपुगेकाहरूलाई खाना–खाजा तथा आवासको व्यवस्था पार्टीले गरेको छैन । सम्बन्धित कमिटीहरुलाई नै व्यवस्थापन गर्न भनिएको छ । त्यही कारण एमालेका जिल्ला तथा स्थानीय कमिटीहरुले क्याटरिङ सर्भिस समेत एकसाथ लगेका छन् ।

उनीहरुले नारायणी नदी किनारमा मेस चलाएका छन् । नारायणी नदी किनारमा मेस चलाउनेमा भक्तपुरको चाँगुनारायणबाट आएको टोली पनि छ । उनीहरुले आफैं खाना पकाएर खाने र महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुने बताएका छन् । एमालेले प्रतिनिधि र पर्यवेक्षकहरुलाई मात्र खानेबस्ने प्रबन्ध मिलाएको छ ।

 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?