+
+
WC Series
काठमान्डु गोर्खाज 2025
118/10 (16.5)
VS
Sudurpaschim won by 29 runs
Won सुदूरपश्चिम रोएल्स 2025
147/10 (20)
Shares

प्याट कमिङ्स अष्ट्रेलियाको टेष्ट कप्तान नियुक्त, स्मिथ उप-कप्तान

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १२:३४

१० मंसिर, काठमाडौं। तीव्र गतिका बलर प्याट कमिङ्स अष्ट्रेलियाको टेष्ट टिमका कप्तान नियुक्त भएका छन् । यस्तै बल टेम्परिङ कान्डमा मुछिएपछि नेतृत्वबाट बाहिरिएका पूर्व कप्तान स्टिभ स्मिथ पनि नेतृत्वमा फर्केका छन् र उनी उप-कप्तान बनेका छन् ।

कमिङ्स अष्ट्रेलियाको ४७औं टेष्ट कप्तान हुन् । ५ सदस्यीय छनोट समितिले अन्तर्वार्ता लिएपछि क्रिकेट अष्ट्रेलियाको बोर्डले कमिङ्सलाई कप्तान नियुक्त गरेको हो । यसअघि उनी उप-कप्तान थिए । यसअघिका कप्तान टिम पेनले कप्तानबाट राजीनामा दिएपछि नयाँ कप्तान बनाइएको हो ।

सेलेक्टर प्यानलका जर्ज बेली र टोनी डोडमेइडे सहित क्रिकेट अष्ट्रेलियाको बोर्ड मेम्बर तथा पूर्वखेलाडी मेल जोन्स, अन्तरिम प्रमुखय रिचर्ड फ्रेयडेन्सटेन र क्रिकेट अष्ट्रेलियाका सिइओ निक होकले सहितको प्यानलले कमिङ्सलाई कप्तान बनाउने प्रस्ताव अघि सारेको थियो ।

त्यसअघि बेली, डोडमेइडे र मुख्य प्रशिक्षक जस्टिन लाङ्गरसहितको तीन सदस्यीय नेशनल सेलेक्सन प्यानलले पाँच सदस्यीय प्यानलसामु कमिङ्सलाई कप्तान र स्मिथलाई उप-कप्तानको उम्मेदवारको रुपमा अघि सारेको थियो ।

कमिङ्स अष्ट्रेलियन पुरु टेषष्ट टिमको कप्तानी गर्ने पहिलो तिव्र गतिका बलर बनेका छन् भने रिची बेनाउडपछि कुनै पनि टिमको कप्तानी गर्ने पहिलो बलर बनेका छन् ।

आईसीसी टेष्ट वरीयतामा नम्वर वान कमिङ्सले कप्तान नियुक्त भएपछि बफ्नो लागि यो अप्रत्याशित रहेको र सम्मान रहेको बताए । ‘म यो भूमिमा स्वीकार गर्दा सम्मानित भएको छु ।’ कमिङ्सले स्टेटमेन्टमा भनेका छन् । ‘मलाई आशा छ मैले टिम पेनले पछिल्लो केही वर्ष यो समूहलाई दिएको नेतृत्व मैले पनि प्रदान गर्न सकुँ ।’

यस्तै सन् २०१८ मा दक्षिण अफ्रिका विरुद्धको टेष्टमा बल टेम्परिङ कान्डमा मुछिएपछि तात्कालिन कप्तान स्मिथलाई दुई वर्ष नेतृत्व गर्नबाट निलम्बन गरिएको थियो । उनी फेरि नेतृत्व तहमा फर्किनुलाई महत्वपूर्ण रुपमा हेरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?