+
+

बाबुको संरक्षकत्वबाट मुक्त भएकी ब्रिट्नी भावी पतिसँग रमाउँदै

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १३:५०

१० मंसिर, काठमाडौं । हालै बाबुको संरक्षकत्वबाट मुक्त भएकी चर्चित अमेरिकी पप स्टार ब्रिट्नी स्पेयर्स सार्वजनिक स्थलमा देखिन थालेकी छन् । उनका पछिल्ला भिडियो र पोष्ट हेर्दा उनी साना-साना कुरामा पनि रमाइरहेको देखिन्छ । उनका फ्यानले समेत ब्रिट्नी यसअघि यति सारो खुशी नभएको बताउन थालेका छन् ।

बुधबार आफ्ना भावी पतिसँगै शेयर गरेका फोटो र भिडियोबाट समेत ब्रिट्नीको जीवनमा लामो समयपछि खुशी छाएको सजिलै अनुमान लगाउन सकिन्‍छ । उनका भावी पति साम अस्घरी अभिनेता समेत हुन् । तर २७ वर्षीय अस्घरीलाई अभिनेता भन्दा पनि ब्रिट्नीका भावी पति भनेर धेरैले चिन्ने गर्छन् ।

इरानी मूलका अस्घरीले यसअघि ‘परशनल ट्रेनर’को रुपमा समेत काम गरेका थिए । १२ वर्षको उमेरमा क्यालिफोर्निया गएका उनले २०१६ मा पहिलो पटक ब्रिट्नीलाई भेटेका थिए । त्यसयता दुवै जना सम्बन्धमा गाँसिएका छन् ।

ब्रिट्नी क्रिसमसको फेस्टिभ मूडमा देखिन्छिन् । उनले हालै एक इस्टाग्राम पोष्टमार्फत उत्सवमा रमाउनका लागि आफू आतुर भएको उल्लेख गरेकी छन् । ब्रिट्नीले इस्टाग्राममा आफ्नो घरमा सजाएर राखेको क्रिसमस ट्रीसहित आफ्ना भावी पति अस्घरीसँग खिचेको आकर्षक तस्वीर समेत पोष्ट गरेकी छन् । तस्वीरमा दुवै जनाले चुम्बन गरेको पनि देख्न सकिन्छ ।

त्यस्तै, अर्को पोष्टमा ब्रिट्नीले क्रिसमस ट्री नजिकै बसेको भिडियो राख्दै लेखेकी छन्, ‘फेशन र फेस्टिभिटी…के होला अनुमान गर्नुस् त ??? मेरो जन्मदिन आउँदै छ ।’

ब्रिट्नी यसै वर्ष ४० वर्षकी हुँदैछिन् । डिसेम्बर ३ मा उनको जन्मदिन पर्छ । बुबाको संरक्षकत्वबाट मुक्त भएपछि पहिलो पटक स्वतन्त्र रुपले उनी आफ्नो जन्मदिन मनाउन गइरहेकी छन् । यही कारण जन्मदिनका लागि ब्रिट्नीले विशेष योजना बनाएको अड्कलबाजी समेत हुन थालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?