+
+

एमाले महाधिवेशनमा जाने सवारीको चापले नागढुंगामा जाम

अनलाइनखबर अनलाइनखबर
२०७८ मंसिर १० गते १३:५१

१० मंसिर, काठमाडौं । नेकपा एमालेको चितवनमा भइरहेको महाधिवेशनमा जाने सवारीको चाप बढेपछि नागढुंगामा जाम भएको छ । काठमाडौंको प्रमुख नाकाका रुपमा रहेको नागढुंगामा सवारीको अधिक चापका कारण सवारीको आवागमन सुस्त भएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले बताएको छ ।

महाशाखाका प्रहरी उपरीक्षक तथा प्रवक्ता सञ्जीव शर्मा दास नगढुंगामा सवारीको आवामगन प्रभावित भइरहेको बताउँछन् । ‘सुरुङमार्ग बनिरहेको स्थानभन्दा माथि जाम छ,’ उनले भने,’तर, जाम हुन नदिन उचित व्यवस्थापनको प्रयास भइरहेको छ ।’

नागढुंगा प्रहरीका अनुसार जाम हुन नदिन राजमार्गमा सकेसम्म मालबहाक सवारी रोकिएको छ । यात्रुबहाक सवारीको चाप बढेकाले अत्यावश्यक बाहेकका मालवस्तु बोकेर आएका सवारीलाई राजमार्गका विभिन्न ठाउँमा रोकेर राखिएको हो ।

आज काठमाडौंबाट फर्पिङ सिस्नेरी हुँदै मकवानपुरतर्फ जाने आउने सवारी साधनको आवागमन रोकिएको छ । सडक मर्मत तथा बिस्तारको काम भइरहेकोले अर्को सूचना जारी नभएसम्मका लागि उक्त सडकमा सवारी सञ्चालनमा रोक लगाइएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?